आफू खुसी पानीको मूल्य नतोक्न विभागको चेतावनी, बढी मूल्य लिएमा कारबाही « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आफू खुसी पानीको मूल्य नतोक्न विभागको चेतावनी, बढी मूल्य लिएमा कारबाही


२३ श्रावण २०८१, बुधबार


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको मूल्य आफू खुसी निर्धारण नगर्न चेतावनी दिएको छ ।

पानी उत्पादकहरूले होटेल/रेष्टुरेण्ड/व्यावसायिक फर्मसँग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बजारमा पठाउने गरेको पाइएको भन्दै विभागले यस्तो चेतावनी दिएको हो । एकै प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बजारमा पठाउने गरेको पाइएकोले सो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६(२) ग(१) बमोजिम निषेधित कार्य भित्र पर्ने भएकाले उक्त कार्य नगर्न नगराउन विभागले सचेत गराएको छ । 

कानून विपरीत गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने भन्दै पानी उत्पादकलाई विभागले सचेत गराएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता राकेश पाण्डेका अनुसार काठमाडौँ उपत्यकामा विक्री हुने जारको पानी (२० लि.) प्रति गोटाको अधिकतम खुद्रा विक्री मूल्य रू. ४७ र बोटल (१ लि.) प्रति गोटाको अधिकतम खुद्रा विक्री मूल्य रू. १६ रहेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधीनमा रही उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस