२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी ३४ जिल्लामा रात्रिबस नचलाउन आग्रह

अ+ अ-

काठमाडौँ । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले ५ वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

३४ जिल्लामा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने भन्दै सचेत रहन सम्बन्धित सबै सरोकारवालालाई विशेष सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

विभागका अनुसार उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम रहेका छन् भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा तथा लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका विभागले जनाएको छ ।

साथै भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने व्यवस्था गर्न आग्रह गरेको छ भने जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहन जनाएको छ ।

प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाका तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

यस्तै भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन तथा सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बर राख्न र आपत् परे तुरुन्तै फोन गर्न आग्रह गर्नुका साथै दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस