२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री र स्थानीय जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउँदै काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले मन्त्री र जनप्रतिनिधिहरूको कार्यसम्पादन सम्बन्धी निर्देशका बनाउने भएको छ ।

काँग्रेसका मन्त्री र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागिएको हो ।

प्रदेश, संघमा मन्त्री बनेका र स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको पार्टीसँग समन्वय गर्नका लागि निर्देशिका बनाउन लागिएको काँग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

‘संघ, प्रदेशमा मन्त्री बन्ने, स्थानीय तहमा काँग्रेसबाट जित्ने तर पार्टीलाई रिपोर्टिङ नगर्ने प्रवृत्ति छ,’ ती पदाधिकारीले भने, ‘घोषणापत्र एकातिर मन्त्री र स्थानीय तहका जनप्रतिनिधिको काम अर्कोतिर भएको छ ।’

मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले सुधारको कार्य गरे आफ्नो कारणले भएको भन्दै जस लिने प्रवृत्ति रहेको काँग्रेस नेताहरू बताउँछन् । तर, गलत कार्य गरे अपजसको भागिदार पार्टी हुनुपर्ने भएकाले त्यस्तो अवस्थाका अन्त्य गर्नका लागि निर्देशिका ल्याउन लागिएको शीर्ष तहका नेताले बताए ।

सोमबार बसेको शीर्ष तहका नेताको बैठकमा निर्देशिका बनाउने विषयले प्रवेश पाएको थियो । बुधबारबाट बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्देशिका पेस गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस