काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनीत गरेका छन् । सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।
विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । काँग्रेसका ७० विभाग छन् ।
यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।
सूची :

