बूढीगंगाको कटानले बाजुरा र अछामका दर्जनौँ बस्ती जोखिममा « प्रशासन
Logo १ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बूढीगंगाको कटानले बाजुरा र अछामका दर्जनौँ बस्ती जोखिममा


२१ श्रावण २०८१, सोमबार


काठमाडौँ । बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । यो वर्ष पनि नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्तीसमेत जोखिममा परेका हुन् ।

कटानका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा छन् ।

गत वर्षको मनसुनमा बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । यो वर्षको मनसुन सुरु भएपछि सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत गरेको स्थानीयले बताएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका २ घागरमा १९ मुरी धान फल्ने खेत बगाएको र जोखिममा परेकाले घरमा बस्नसमेत छोडेको हिरा उपाध्यायले बताएका छन् ।

बडिमालिका नगरपालिका २ पानीनाउलामा २५ परिवारको जग्गा पूरै कटान गरेको स्थानीय धन बढुवालले जानकारी दिए ।

बाजुराकै त्रिवेणी नगरपालिका ३ नं वडा र बूढीगंगा नगरपालिका ३ नं वडाको खेतीयोग्य जमिन नदीले कटान गरेको स्थानीय दिपक शाहले बताए । नदीको किनारामा रहेका ताप्रिसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार पनि जोखिममा परेका छन् ।

अछामको साँफेबगर नगरपालिका २ का कमल साउदले साँफेबगरको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा बूढीगंगाले कटान गर्दै आएको बताएका छन् । नदीले अछाममा रहेको धार्मिकस्थल बजनाथ क्षेत्रको केही भाग पनि कटान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस