काठमाडौँ । गृह मन्त्री रमेश लेखकले आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा तीन दलबीच भएको सहमतिबारे ब्रिफिङ गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको बैठकमा तीन दलबीच भएको सहमतिबारे पार्टीका नेताहरूलाई जानकारी गराएका हुन् ।
काँग्रेसका नेता एवं गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलले टीआरसी विधेयकलाई टुङ्ग्याएको थियो । कार्यदलमा माओवादीबाट जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला सहभागी थिए ।
तीन दलबीच सहमति जुटेसँगै यही अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।