काठमाडौँ । यातायात व्यवस्था कार्यालयहरूले सवारी साधनको प्रयोगात्मक परीक्षा लिने परीक्षास्थल सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार नभएको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनमा ट्रायल सेन्टरहरुको परीक्षण स्थलमा निर्देशिकाले तोके अनुसार नभएको पाइएको हो । ‘ख’ र ‘ग’ वर्गका सवारी साधनको प्रयोगात्मक परीक्षा एउटै लेआउटमा लिएको पाइएको सतर्कता केन्द्रले जनाएको छ । सतर्कता केन्द्रले चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्लाका ट्रायल सेन्टरहरुको अनुगमन गरेको थियो । तर, यातायात व्यवस्था कार्यालयका कर्मचारीले भने सवारीसाधनको प्रयोगात्मक परीक्षा स्थल मापदण्ड अनुसार नै भएको भनी प्रतिवेदन तयार पारेका छन् ।
ट्रायल सेन्टरमा प्रयोग भइरहेका केही सवारी साधनको नवीकरण म्याद नाघेको पाइएको सतर्कता केन्द्रले जनाएको छ ।
छानबिन गरिएका सेन्टरमा देखिएको कैफियत
सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका अनुसार सवारीसाधनलाई विभिन्न वर्गमा वर्गीकरण गरिएको छ । र सोही अनुसार प्रयोगात्मक परीक्षाका लागि लेआउट निर्माण गर्ने गरिन्छ ।
प्रशिक्षण केन्द्रको वर्गीकरण अनुसार वर्ग ‘क’ मा मोटरसाइकल तथा स्कुटर चालक प्रशिक्षण केन्द्र पर्दछ । वर्ग ‘ख’ मा टेम्पो, कार, जिप तथा भ्यान चालकहरूका लागि सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गर्ने प्रशिक्षण केन्द्र पर्दछ । वर्ग ‘ग’ ट्रक, बस, मिनिबस, मिनिट्रक र माइक्रोबस चालकहरूका लागि सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गर्ने प्रशिक्षण केन्द्र पर्दछ ।
चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, धनुषा र महोत्तरी जिल्ला स्थित यातायात व्यवस्था कार्यालयहरूले प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने प्रयोजनार्थ सम्झौता गरी परीक्षा सञ्चालन भइरहेका ट्रायल सेन्टरहरू प्रचलित कानूनमा तोकिएको मापदण्ड
अनुरूप भए नभएको विषयमा अनुगमन तथा छानबिन गर्न सतर्कता केन्द्रले पाँच सदस्यीय समिति गठन गरेको थियो ।
समितिले महालक्ष्मी ट्रायल सेन्टर प्रा.ली., चितवन, बागेश्वरी ड्राईभिब एकेडेमी, हेटौँडा, भेईकल्स एण्ड ड्राईभिब सोलुसन प्र.ली., वीरगञ्ज, सन्ध्या अभि ड्राईभिब सेन्टर, रौतहट, वर्षा ड्राईभिब एण्ड ट्रेनिब सेन्टर, बारा, बर्दिबास ड्राईभिब सेन्टर, महोत्तरी र माँ जानकी ड्राईभिब प्रशिक्षण केन्द्र, जनकपुरको अनुगमन गरेको थियो ।
महालक्ष्मी ट्रायल सेन्टर प्रा.ली.
यातायात व्यवस्था कार्यालय भरतपुरबाट लिइने प्रयोगात्मक परीक्षाका कार्यालय र प्रा.ली.बीच २०७९ पुस १७ मा सम्झौता भएको छ । सम्झौता अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, टेम्पो, अटो रिक्सा, कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनिट्रक, बस, ट्रक, लहरीको परीक्षा लिने उल्लेख छ ।
२०७९ जेठ २५ मा तत्कालीन मेकानिकल सुपरभाइजर गुञ्ज बहादुर खड्का र तत्कालीन सिभिल इन्जिनियर पूजा ढकालले दिएको प्रतिवेदनमा लिखित र प्रयोगात्मक परीक्षा स्थल दुरुस्त भएको उल्लेख छ । तर, सतर्कताले अनुगमन गर्दा उक्त ट्रायल सेन्टरले एउटै स्थानमा विभिन्न सवारी साधनको प्रयोगात्मक परीक्षा लिएको पाइएको छ ।
साथै उक्त ट्रायल सेन्टरमा प्रयोग भइरहेका केही सवारी साधनको नवीकरण म्याद नागेको पाइएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
बागेश्वरी ड्राईभिब एकेडेमी
यातायात व्यवस्था कार्यालय हेटौँडाबाट सवारी चालक अनुमत पत्र जारी गर्ने प्रयोजनका लागि कार्यालय र एकेडेमीबिच प्रयोगात्मक परीक्षाका लागि सम्झौता भएको छ । सम्झौतामा मोटरसाइकल, स्कुटी, तीन पाब्ग्रे र चार पाब्ग्रे (लाइट सवारी) मिनिबस, मिनिट्रक, बस, ट्रक, ट्याक्टर र अन्य हेवी इक्युप्मेन्ट भनी उल्लेख गरिएको छ ।
उक्त प्रशिक्षण केन्द्र सडकको क्षेत्राधिकार भन्दा बाहिर रहेको पाइएको छ । २०७६ मङ्सिर १९ मा कार्यालय र प्रशिक्षण केन्द्रबिच २ वर्षका लागि सम्झौता भएको थियो । तर, पछि म्याद थप गर्दा ट्रायल सेन्टरको अनुगमन नभएको र नाप जाँचका आधारमा म्याद थप गर्नुपर्नेमा सो नगरेको पाइएको छ ।
न्यारो प्लाब्कको लम्बाइ, उचाइ र सुरुको स्लोप प्रोशन, यु टर्न र ट्राफिक सिग्नल बिचको दुरी, टेस्ट ट्र्याक, र्याम्प निर्देशिका अनुसार नभएको पाइएको छ ।
भेईकल्स एण्ड ड्राईभिब सोलुसन प्रा.ली.
यातायात व्यवस्था कार्यालय पर्सा र भेईकल्स एण्ड ड्राईभिब सोलुसन प्रा.ली.बीच २०७३ वैशाख १७ मा ५ वर्षका लागि पहिलो पटक सम्झौता भएको थियो । तर, उक्त परीक्षास्थल तोकिएको मापदण्डमा नरहेको सतर्कता केन्द्रको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
कार्यालयले ट्रायल तोकिएको मापदण्डमा रहे नरहेको यकिन नगरी प्राविधिक नापजाँच नगराई हचुवाको भरमा सम्झौता गरेको देखिएको छ । प्रतिवेदन अनुसार म्याद समाप्त भएको तीन महिनापछि म्याद थपको लागि निवेदन दिएको र म्याद समाप्त भइसकेपछि पनि नियम विपरीत ट्रायल लिएको पाइएको छ ।
यसै गरी सम्झौता थपको कार्य पनि नियम सङ्गत नभएको छानबिन समितिले जनाएको छ । स्पिड ब्रेकर सिमेन्टको हुनुपर्नेमा फलामको पाइप राखेको पाइएको छ ।
सन्ध्या अभि ड्राइभिङ सेन्टर
यातायात व्यवस्था कार्यालय रौतहट र सन्ध्या अभि ड्राइभिङ सेन्टरबिच २०७९ फागुन ३ मा १० वर्षका लागि सम्झौता भएको पाइएको छ ।
कार्यालयका तत्कालीन अधिकृत सन्तोष कुमार यादवले ट्रायल सेन्टरले सम्पूर्ण मापदण्ड पुरा गरेको प्रतिवेदन बुझाएका थिए । तर, छानबिनका क्रममा यु टर्न, र्याम्प र र्याम्पमा हुनुपर्ने मार्किङ , जेब्रा क्रसिब मापदण्ड अनुसार नभएको पाइएको छ । साथै ट्रायल सेन्टरले एउटै स्थानमा विभिन्न सवारी साधनको प्रयोगात्मक परीक्षा लिने प्रयोजनका लागि विभिन्न लेआउट बनाई सञ्चालनगरेको पाइएको छ ।
बर्दिबास ड्राईभिब सेन्टर
यातायात व्यवस्था कार्यालय बर्दिबास महोत्तरी र बर्दिबास ड्राईभिब सेन्टरबीच प्रयोगात्मक परीक्षाका लागि सम्झौता भएको पाइएको छ । उक्त सेन्टरले २०८० भदौ २८ सम्ममात्र नवीकरण गरेको पाइएको छ । तर, सवारी साधनहरू नवीकरण भएको पाइएको छैन ।
कार्यालयका तत्कालीन मे.सु उपेन्द्र कुमार यादवले २०७७ फागुन १२ मा ट्रायल सेन्टर मापदण्ड अनुसार रहेको भनी प्रतिवेदन पेस गरेका थिए । तर, सतर्कताको छानबिन समितिले अनुगमनका क्रममा निर्देशिका अनुसार सिक्वेन्शल अडर नमिलेको, न्यारो प्लाबकको सुरुको लम्बाई र सुरुको स्लोप प्रोशन निर्देशिका अनुसार नभएको पाएको थियो ।
यसै गरी स्पिड ब्रेकर मा हम्पको चौडाइ, स्पिड ब्रेकर र यु टर्नको दुरी निर्देशिका अनुसार नभएको पाइएको छ । ठूला सवारी साधनको पनि ट्राफिक सिग्नल टेस्ट, स्पिड ब्रेकर, यु टर्न, र्याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट निर्देशिका अनुसार भएको पाइएको छैन ।
वर्षा ड्राईभिब एण्ड ट्रेनिब सेन्टर
छानबिन समितिले वर्षा ड्राईभिब एण्ड ट्रेनिब सेन्टरले प्रयोग गर्ने सवारी साधनहरूको विवरण र जग्गा सम्बन्धी कागजात प्राप्त गर्न नसकेको जनाएको छ । उक्त ट्रायल सेन्टरले पनि निर्देशिकाको पालना नगरेको पाइएको छ ।
माँ जानकी ड्राईभिब प्रशिक्षण केन्द्र
सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार उक्त प्रशिक्षण स्थल छनोट सम्झौता गरेको विषय नियमसंगत भएको देखिँदैन । अर्कोतर्फ ट्रायल सेन्टर सञ्चालन गर्न प्रशिक्षण केन्द्र उपलब्ध गराउन भनी सम्झौता गरेको २ वर्षपछि मात्र जग्गा बहाल लिएको देखिँदा यसमा मिलेमतोको आंशका समितिले गरेको छ ।
प्रयोगात्मक परीक्षा स्थल निर्देशिका अनुसार नभएको सतर्कता केन्द्रले जनाएको छ ।
छानबिन समितिले अनुगमनपछि सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ मा उल्लेखित मापदण्ड अनुसार सञ्चालन भएको नपाइएको भन्दै सम्बन्धित मापदण्ड तथा प्रचलित कानून अनुसार बनाइ तथा सुधार गरी सोको जानकारी केन्द्रलाई गराउन सुझाएको छ ।
ट्रायल सेन्टर निर्देशिका अनुसार नभएको विषयमा सतर्कता केन्द्रले यातायात व्यवस्था विभागसँग प्रतिक्रिया दिएको थियो । विभागले ट्रायल सेन्टर भित्र लेआउट निर्धारण गर्ने र प्रशिक्षण केन्द्रलाई सुव्यवस्थित तथा पारदर्शी हिसाबले सञ्चालन गर्ने विषय र कार्यक्षेत्र प्रदेश सरकार मातहतका निकायको भएको औँल्याउँदै ‘ख’ र ‘ग’ वर्गका सवारी साधनको लागि अलग अगल प्रकृतिको लेआउट हुनुपर्ने जानकारी गराएको थियो ।
सतर्कताको निर्देशन
अनुगमनपछि सतर्कता केन्द्रले सवारी प्रशिक्षण केन्द्र संचालन निर्देशिका, २०७४ अनुसार छुट्टाछुट्टै वर्गको सवारी साधनको हकमा छुट्टाछुट्टै लेआउट बनाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सतर्कता केन्द्रले सातै प्रदेशका श्रम तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।
सतर्कता केन्द्रले श्रम तथा यातायात मन्त्रालय, कोशी, श्रम तथा यातायात मन्त्रालय, मधेस, श्रम तथा यातायात मन्त्रालय, बागमती, श्रम तथा यातायात मन्त्रालय, गण्डकी, श्रम तथा यातायात मन्त्रालय, लुम्बिनी, श्रम तथा यातायात मन्त्रालय, कर्णाली र श्रम तथा यातायात मन्त्रालय, सुदूरपश्चिम प्रदेशलाई निर्देशन दिएको हो ।
‘यातायात व्यवस्था कार्यालयहरूबाट सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा लिने प्रयोजनार्थ सम्झौता गरी परीक्षा सञ्चालन भइरहेका प्रयोगात्मक परीक्षा स्थलहरू (ट्रायल सेन्टर) प्रचलित कानूनमा तोकिएको मापदण्ड अनुरूप भए/नभएको विषयमा यस केन्द्रबाट गठित छानबिन समितिबाट स्थलगत अध्ययन/अनुगमन गरी पेस हुन आएकोले तहाँ प्रदेश मातहत रहेका यातायात
व्यवस्था कार्यालयहरूले संचालन गर्ने ट्रायल सेन्टरहरुको अनुगमन गरी देहायको विषयमा अनुगमन गरी तोकिएको मापदण्ड अनुसार संचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिने भनी मिति २०८१/४/१६ मा निर्णय भएकोले सोही अनुसार गर्न/गराउन निर्देशन दिइएको ब्यहोरा अनुरोध छ’, सतर्कता केन्द्रको निर्देशनमा भनिएको छ ।
तोकिएको मापदण्ड अनुसार संचालन भए नभएको विषयमा छानबिन गरी तोकिए बमोजिम भएको नपाइएमा सम्बन्धित मापदण्ड तथा प्रचलित कानूनमा तोकिए अनुसारको प्रयोगात्मक परीक्षास्थल बनाई/सुधार गरी सोको जानकारी गराउन केन्द्रले भनेको छ । यसै गरी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरुको परीक्षण स्थलमा ‘ख’ र ग वर्गको एउटै लेआउटमा फरक/फरक रेखा बनाई सञ्चालन गरेको पाइएमा “सवारी प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४” अनुसार छुट्टाछुट्टै वर्गको सवारी साधनको हकमा छुट्टाछुट्टै लेआउट बनाई प्रयोगात्मक परीक्षा संचालन गर्ने व्यवस्था मिलाउन केन्द्रले निर्देशन दिएको छ ।