काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबल लिगमा घरेलु टिम नेपाललाई ३-२ ले हराउँदै इरानले प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यो लिगमा नेपालको भने पहिलो हार हो ।
आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५-१६, १६-२५, २५-२३, १५-२५ र १५-१३ ले नेपाललाई हराएको हो ।
पहिलो र तेस्रो र पाँचौँ सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो ।
पहिलो सेटमा सुरुवातदेखि नै दबाब बनाउँदै १७-८ को अवस्था सम्म आइपुग्दा नेपाल दबाबमा नै रहेको थियो । १९-११ को स्थितिमा इरानले पहिलो टाइम आउट लिँदै नेपालको मोमेन्टम ब्रेक गर्ने प्रयास गर्यो । सोही अनुरूप नेपालले पहिलो सेट २५-१६ मा सुम्पियो ।
दोस्रो सेटमा भने नेपालले ४-० को अग्रतासहित सुरु गर्यो । लगातार नेपालले अंक ल्याउँदा इरानले टाइम आउट लियो । तर टाइम आउटपछि पनि नेपालले लगातार अंक जोड्न भने छोडेन ।
लगातार नेपालले अंक जोड्दा ७-१ को अवस्थामा खेलमा फर्किएको इरानले १०-३ मा खेल थियो । अन्ततः नेपालले दोस्रो सेट २५-१६ ले जित्यो ।
तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६-२ को अग्रता लिएको थियो । तर इरानले कमब्याक गर्दै ९-८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कँदै ११-१० को स्थितिमा ल्यायो ।
खेल २० को अंकमा पुग्दा इरानले २०-१८ ले अग्रता लियो । त्यसपछि खेल नेपालले २१-२१ मा फर्कायो । तर सेट भने इरानले २५-२३ ले जित्यो ।
चौथो सेट पनि सुरुमा उतारचढाव भएपछि भने नेपालले २१-१२ को सेटमा पुनरागमन सहित २५-१५ ले चौथो सेट जित्यो ।
पाँचौँ सेटमा ८-६ ले इरानले अग्रता बनाउँदै कोर्ट परिवर्तन भयो । पाँचौँ सेटमा १५-१३ ले इरानले जितेको हो ।
नेपालले यसअघि श्रीलंकालाई ३-० को सेटमा र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
इरान भने पहिलो खेलमा भारतसँग ३-१ ले पराजित भएको थियो, त्यसपछि माल्दिभ्सलाई ३-० को सोझो सेटमा र श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो ।