२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकको आत्मसम्मानमा ठेस पुगेको भन्दै सांसद ढकालले मागे माफी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ९ साउनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोलेको विषयलाई लिएर माफी मागेका छन् ।

ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केही शब्दले देशभरका शिक्षकको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो ।’

विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल भइरहेका बेला ढकालले कतिपय शिक्षकले २४ घण्टा रक्सी खाने गरेको, शिक्षकले अनुमानको भरमा पढाइरहेको भन्दै एक पटक पास गर्दै आजीवन शिक्षक हुन पाउने व्यवस्था संशोधन गरी हरेक पाँच वर्षमा परीक्षा लिने व्यवस्था राख्नुपर्ने मत राखेका थिए ।

उनले आफू सधैँ शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको दाबी गरेका छन् ।

ढकालले आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक तथा गुरुवर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस