२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही

अ+ अ-

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । 

कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट रु. एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिए । बिलबिजक अनुसन्धानको क्रममा आयकरतर्फ रु. ७१ करोड ८३ लाख ९९ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ रु. ३२ करोड ९८ लाख २५ हजार कर निर्धारण गरिएको छ ।

यहाँ रहेका कवाडी व्यवसायी, हार्डवेयर, किचनका सामग्री बिक्री गर्ने पसल र कपडा पसलको दुईदेखि तीन आर्थिक वर्षसम्मको विवरण अनुसन्धान गर्दा यस्तो भेटिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए । उनकाअनुसार सबैभन्दा धेरै नक्कली भ्याट बिल बनाउनेमा कवाडी व्यवसायी रहेका छन् । 

यस्तै कार्यालयले गत वर्ष दुई सय २७ पटक बजार अनुगमन गरी रु सात करोड ५१ लाख जरिवाना असुल गरेको छ । कार्यालयमा दर्ता भएका व्यावसायिक फर्ममध्ये पाँच सय ६९ वटाको लेखा नम्बर बन्द गरिएको छ । यहाँ दुई हजार छ सय १७ जनाले लेखा नम्बर बन्द गराउन निवेदन दिएका थिए । भट्टराई भने, “लेखा नम्बर बन्द गर्नका लागि दिएका निवेदनको राजश्व बाँकी रहेको नरहेको हेरेर मात्र काम गर्न सकिने हुँदा कम संख्यामा करदाताको लेखा नम्बर बन्द गरिएको हो ।”

गत आर्थिक वर्षमा तीन हजार सात सय ५६ जना व्यवसायीले नयाँ व्यावसायिक लेखा नम्बर लिएका छन् । यस कार्यालयमा हाल व्यावसायिक लेखा नम्बर लिनेको सङ्ख्या ५७ हजार नौ सय १९ रहेको छ ।