२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाई एयरले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने 

अ+ अ-

काठमाडौँ । बैंकक मुख्यालय भएको थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।

थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो ।

५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।

भैरहवामा अहिले सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौँबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौँ आउने गरेको छ ।

निगम अघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा-मलेसिया र कुवेतको जजिरा एयरलाइन्सले कुवेतबाट उडान गरेका थिए । हाल यी दुवैले उडान स्थगन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस