काठमाडौँ । नेकपा एमालेले सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । आज बसेको सचिवालय बैठकले नेताहरूलाई सल्लाहकार परिषद्मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए ।
कुलानन्द गिरी-रोल्पा, महेन्द्र थापा-रोल्पा, पीएल श्रेष्ठ-तनहुँ, शिवचन्द्र कुशहवा-बारा, रामप्रित पासवान-सप्तरी, एकवाल मियाँ-कपिलवस्तु, डा. गोपाल खनाल-नवलपुर, खालित हुँसेन-सुनसरी, हरि रिजाल-प्युठान, प्रेमबहादुर सिंह-कालिकोट, कृष्णप्रसाद दाहाल-मकवानपुर, विनु ढकाल-मोरङ, सानु श्रेष्ठ-बागमती, सिर्जना शर्मा-गण्डकी, प्रदीप भण्डारी-कोशी, अर्जुनबहादुर थापा–सुदूरपश्चिम, श्याम ढकाल-बर्दिया, नारायण मरासिनी-स्याङ्जा, धनेन्द्र घिमिरे-पाल्पा, नन्दलाल रोकाया-बाँके, जनक पौडेल-बागलुङ, मेघनाथ सुवेदी-पर्वत, नारायण मरासी-डोटी, सुवासचन्द्र ठकुरी-मकवानपुर रहेका छन् ।
यस्तै, बैठकले निर्वाचन आयोगमा पनि सदस्य मनोनीत गरेको छ।
अमनसिंह तामाङ-सिन्धुपाल्चोक, झवी पोखरेल-कपिलवस्तु, नर्मदा भण्डारी-गुल्मी, रत्ना गुरुङ-काठमाडौँ, कमला केसी-कैलाली रहेका छन् । बैठकले अनुशासन आयोगको सदस्यमा मायानाथ अधिकारीलाई मनोनीत गरेको महासचिव पोखरेलले बताए ।