२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जलवायु परिवर्तनको असर कम गर्न नतिजामुखी काम गर्नुपर्छ’ : सचिव पोखरेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नतिजामुखी काम गर्नुपर्ने बताएका छन् ।

मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग समन्वय गरी आज आयोजना गरेको राष्ट्रिय स्तरको जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुई दिने सम्मेलनको उद्घाटन सत्रमा सचिव डा. पोखरेलले जलवायु परिवर्तनले पारेका असरहरूबारे चर्चा भए पनि कसरी न्यूनीकरण गर्ने, कुन तरिकाले जाने त्यो सोचनीय विषय रहेको बताए ।

“हामीले ‘आउट पुट’ खोज्नुपर्छ । नतिजामुखी हुनुपुर्यो । स्रोतहरू कहाँ खर्च गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो । यो  सम्मेलनले मार्ग निर्देशन गर्न सहयोग गर्छ भन्ने विश्वास छ,” उनले भने। सचिव डा पोखरेलले जलवायु अनुकूलन र न्यून कार्बनयुक्त स्वास्थ्य प्रणालीको आवश्यकतामा जोड दिए ।  

मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा चुमनलाल दासले जलवायु परिवर्तनको असर रोक्न स्वास्थ्य मन्त्रालयले मात्र गर्न सम्भव नरहेको र सबैको समन्वय आवश्यक  रहेको बताए । उनले भने, “हिमशृङ्खला पग्लिरहेको, पानीको स्रोत सुकिरहेको, वायु प्रदूषण उच्च, औसत तापक्रममा वृद्धि, खाद्य सुरक्षामा कमी, विभिन्न प्रकोपजन्य रोगहरूजस्तै  डेङ्गी, कालाजार, पानीजन्य रोगहरू बढ्दै गएका छन् । जलवायु परिवर्तन तीव्र रूपमा बढिरहेकाले जनस्वास्थ्य उच्च जोखिममा छ ।”

प्रतिक्रिया दिनुहोस