१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम प्रभावकारी बन्दै

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम’ लाई निरन्तरता दिएको छ । कार्यालयले सञ्चालनमा ल्याएको यस कार्यक्रम प्रभावकारी बन्दै गएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

हरेक दिन दिउँसो एक बजेको समयमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल र प्रशासकीय अधिकृत गणेशप्रसाद कोइराला लगाएतले सेवाग्राहीहरूसँग बसेर सेवा प्रवाह प्रतिको प्रतिक्रिया समेत लिने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी भुसालले सेवाग्राही भएकै ठाउँमा पुगेर पिर मर्का, गुनासो वा असन्तुष्टि सुन्ने र सके जति लचिलो भई सेवाग्राहीको काम गरी पठाउने दैनिक तालिका बनाएका छन् ।

दैलेखको महाबु गाउँपालिकाकी भगवती शाही घर फर्किनै लागेकी थिइन् । प्रमुख जिल्ला अधिकारी सेवाग्राही भएकै ठाउँमा आएपछि राष्ट्रिय परिचयपत्रको काम भयो । ‘आफ्नो नागरिकता बनाइसकेर बुबाको पनि राष्ट्रिय परिचयपत्र बनाउन आएको थिए उनले भनिन्,’ ‘नागरिकतामा टाँसेको फोटो प्रस्ट छैन भनेर फर्काएपछि घर जाने तयारीमा थिए, सिडिओ साव आउनुभयो र बुवाको राष्ट्रिय परिचयपत्र पनि बन्यो । सिडिओ सापले मेरो कुरा नसुनेको भए हामी यसै घर जानुपर्थ्यो फेरी अर्को पटक आउनुपर्थ्यो ।’

यस्तै व्यवसायी एवम् सेवाग्राही मीनबहादुर थापाले ‘सेवाग्राहीसँग प्रजिअ’ अभियान प्रभावकारी देखिएको भन्दै यसको दिगो व्यवस्थापन र निरन्तरतामा ध्यान दिन जरुरी रहेको बताए । उनले भने, ‘गुनासो सुनाउन जाँदासमेत कुनै सुनुवाइ नभइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी आफैँ सेवाग्राहीकहाँ पुगेर गुनासो सुन्नु सराहनीय कार्य हो । यसको प्रभावकारिता र दिगो व्यवस्थापनमा ध्यान दिनु हाम्रो आग्रह छ ।’

भगवती र मीनबहादुर मात्र होइन पछिल्लो समय जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवा लिन आउने सेवाग्राहीहरू ‘सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम’ ले गर्दा आफ्ना गुनासा राख्न पाएको र सेवा पनि समयमै लिन पाउँदा खुसी भएको बताउँछन् ।

यस्तै प्रशासन कार्यालयले विकासका लागि संम्वाद कार्यक्रम गरेर दैलेखको पेट्रोलियम अन्वेषण, मध्य पहाडी राजमार्ग, राकमको नयाँ सहर आयोजनाको कामलाई तीव्रता दिएको छ । जिल्लामा लैंगिक हिंसा, छाउपडी प्रथा, बाल विवाह, जातीय विभेद लगायतका सामाजिक सवालमा पनि प्रशासन कार्यालयले विशेष भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस