२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा नवनियुक्त सचिव उपाध्यायको स्वागत, संवैधानिक दायित्व पुरा गर्नेमा प्रमुख आयुक्तको विश्वास 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा भएर जान लागेका र नयाँ आउने सचिवलाई स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारेको निर्णयानुसार आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भई जान लागेका सचिव रामेश्वर दंगालको बिदाइ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट आयोगमा सरुवा भई भएका सचिव घनश्याम उपाध्यायलाई आयोगले बुधवार(आज)स्वागत गरेको हो ।

नवनियुक्त सचिव उपाध्यायलाई प्रमुख आयुक्त प्रेम कुमार राई तथा आयुक्तहरू किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्यले स्वागत गरेका छन् । 

पदभार ग्रहणसँगै नवनियुक्त सचिव उपाध्यायले गरिमायुक्त संवैधानिक आयोगमा प्रशासन प्रमुखको जिम्मेवारी दिएकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै आयोगमा पूर्ण जिम्मेवार र प्रतिबद्ध रही कार्य सम्पादन गर्ने बताएका छन् । 

आयोगलाई सफल बनाउनु सबै कर्मचारीहरूको जिम्मेवारी रहेको र आयोगको सफलता नै कर्मचारीको सफलता हुने भएकोले कार्य सम्पादनमा निखार ल्याउने गरी काम गर्नु पर्ने उपाध्यायले बताए । 

सो क्रममा आयोगबाट सरुवा भई जान लागेका सचिव रामेश्वर दंगालले आयोगमा काम गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउँदै नयाँ जिम्मेवारी पनि आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म कुशलतापूर्वक निभाउने प्रण गरे । मुलुकमा सुशासन कायम गरी आर्थिक सम्वृद्धि ल्याउनमा आफूले सक्दो प्रयास गर्ने भन्दै दंगालले आयोगमा आफूप्रति गरिएको विश्वास र सम्मानका साथ काम गर्ने वातावरण जुटाई दिएकोमा आयोगप्रति हार्दिक आभार व्यक्त गरे । 

कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले यस आयोगमा काम गर्नु गौरवको विषय भएको उल्लेख गरे । बिदाइ भएर जान लागेका सचिवले सुशासन कायम गर्न गरेको योगदानको कदर गर्दै प्रमुख आयुक्त राईले नयाँ जिम्मेवारीमा समेत कुशलतापूर्वक कार्य सम्पादनको लागि शुभ कामना व्यक्त गरे । 

आयोगमा सरुवा भएर आउनु भएका सचिव उपाध्यायलाई स्वागत गर्दै आयोगको लक्ष्य, संवैधानिक दायित्व र जिम्मेवारी पुरा गर्नमा योगदान हुनेछ भन्ने आफूले विश्वास लिएको प्रमुख आयुक्त राईले उल्लेख गरे ।  

प्रतिक्रिया दिनुहोस