काठमाडौँ । लोक सेवा आयोगले सहायक सूचक पदको लिखित परीक्षाको लागि परीक्षा भवन कायम गरेको छ।
आयोग कार्यालयले बुधबार एक सूचना जारी गरी सहायक सूचक पदको लिखित परीक्षाका लागि परीक्षा भवन कायम गरिएको जनाएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०१/०८०/८१ (खुला,समावेशी), सहायक सूचक पदमा हेटौँडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षा केन्द्र कायम गरिएको लोक सेवा आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :