२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर

अ+ अ-

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको पाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन् । यससँगै कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ ।

पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरूको संख्या उल्लेख्य बढेको हो । आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।

अर्थ मन्त्रालयका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको छ ।

गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ ।

उता, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ । एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएका छन् ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ । यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस