काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गरी कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको हो ।
आयोगका अनुसार कर्णले कारागारमा चौकीदार रहेका व्यक्तिलाई उक्त जिम्मेवारीबाट हटाइदिने र कैद माफी मिनाहाका लागि पनि सिफारिस नगर्ने धम्की दिएर टिभी र जुत्ता खरिद गर्न लगाएको र एक लाख ५० हजार रुपैयाँ नगदै लिएको आरोप लगाइएको छ।
कर्णले ५ हजार रुपैयाँ पर्ने जुत्ता किन्न लगाएको र एक लाख २६ हजार ४ सय रुपैयाँ पर्ने टिभी खरिद गर्न लगाएको अनुसन्धानपछि खुलेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।