२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका विभिन्न स्थानमा ९ जना मृत फेला

अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क भित्र ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसमा सुनसरी इटहरी उपमहानगरपालिका-१३ घर भएका ३७ वर्षीय प्रह्लाद अधिकारी मृत अवस्थामा फेला परेका छन् ।

यता नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-६ रेतास्थित बाटो छेउमा भारत घर भएकी ६५ वर्षीय सुभावती चमार मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी नवलपरासी पश्चिम, सरावल गाउँपालिका-४ ठुलो बडसारेस्थित पुल मुनी बर्दघाट नगरपालिका-७ बस्ने ६० वर्षीय बर्मा थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर, त्रियुगा नगरपालिका-६ चुरे सामुदायिक जंगलस्थित सडक छेउमा सोही नगरपालिका६ मोहनपुर बस्ने ३२ वर्षीय जीवन गुरागाईँ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, भेरी नगरपालिका-२ नाउलीस्थित सडकमा कुशे गाउँपालिका-५ दम्दला बस्ने ६८ वर्षीय लालबिर मल्ल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखा, भिमेश्वर नगरपालिका-६ बिमिरे बस्ने ६० वर्षीय राम बहादुर तामाङ सोही ठाउँस्थित पानीको कुलोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० नयाँ गाउँस्थित सडकमा सोही नगरपालिका–१० बस्ने २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै अर्घाखाँची, शितगंगा नगरपालिका-१४ विक्रम बस्ने ७१ वर्षीय जुद्ध बहादुर सोमै सोही ठाउँस्थित नहरको कलभटमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, पर्सा गाउँपालिका-५ स्थित सपहा खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।