२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष कार्यकारी प्रमुखका लागि माओवादीले संविधान संशोधनमा सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेल्वासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए पार्टी तयार रहेको बताएकी छन् । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउन सक्ने बताइन् । नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै उनले संसद्लाई पूर्ण समानुपातिक बनाउन पनि अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

‘नयाँ सरकार आएको छ, हामी संविधान संशोधन गर्छौँ भन्ने कुरा एउटा ज्वारभाटा जस्तो फैलिएको छ । निर्वाचन प्रणालीलाई दोष दिइएको छ । जनताबाट निर्वाचित हुने कार्यकारी प्रमुख निर्वाचन गर्न हामी पहिल्यैबाट तयार छौँ । त्यसलाई अगाडि बढाउँदा सरकार स्थिर हुनसक्छ । सरकार भनेजसरी चल्न सक्छ, ‘उनले भनिन्, ‘आँट गर्नुहुन्छ भने हामी सहयोग गर्नेछौँ । चुनाव खर्चिलो भयो भनेर समानुपातिकलाई दोष दिइएको छ, दलितलाई दोष दिइएको छ, महिलालाई दोष दिइएको छ । त्यस्तो होइन, पूर्ण समानुपातिक व्यवस्थामा जाऔँ । पूर्ण समानुपातिकमा जानका लागि निर्वाचन प्रणाली संशोधन गर्छ भने स्थिर सरकार निर्माण गर्न सकिन्छ ।’

अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिन नहुने उनको भनाइ थियो । समानुपातिक प्रणालीलाई दोष दिन नहुने र समावेशी व्यवस्थाले अस्थिर भयो भन्ने तर्क सही नभएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस