२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्तिको नतिजा र निःशुल्क भर्ना सम्बन्धी गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर सार्वजनिक

अ+ अ-

काठमाडौँ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र निःशुल्क भर्ना सम्बन्धी समस्या भए सहजीकरण गर्नका लागि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई वडागत सहजीकरणको जिम्मेवारी दिएको छ । 

शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार छात्रवृत्तिको मनोनयम सूची (म्याचिङ् लिष्ट) बाट सिफारिस भएका विद्यार्थीहरूसँग विद्यालयहरूले भर्ना शुल्क माग गरेको गुनासो आउन थालेपछि सहजीकरणका लागि अधिकारीहरूको नाम र मोबाइल नम्बर सार्वजनिक गरिएको हो । 

म्याचिङ् लिष्टमा सिफारिस भएको विद्यालय रहेको वडा नम्बरअनुसार सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न सकिनेछ । 

महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको छात्रवृत्ति परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन गरेको छ । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ ।

पहिलो सूचीमा नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ । छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले भने ‘तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न पाइँदैन ।’ शर्माले भने, ‘साउन १५ गतेभित्र भर्ना नभई रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ ।’

विज्ञान विषयमा छात्रवृत्तिका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ । 

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए । 

यस विषयका लागि पहिलो म्याचिङ् लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । 

कानून विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ । 

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए । 

यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ । 

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस