१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंगलबार त्रिविको सिनेट बैठक बस्दै

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मंगलबार सभा (सिनेट) बैठक बोलाएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्रीका कारण स्थगित भएको सभा बैठक मंगलबार (भोलि) बिहान १० बजेका लागि बोलाइएको हो ।

यसअघि गत असार ३१ गते बोलाइएको सभा स्थगित भएको थियो । तत्कालीन समयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काम चलाउ प्रधानमन्त्री बनेपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीले भोलिका लागि समय उपलब्ध गराएपछि सभा बस्न लागेको हो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले अहिलेको सिनेट (बर्खे अधिवेशन) मा खासै महत्त्वपूर्ण विषय नरहेको बताए ।

भोलिको बैठकमा नीति तथा कार्यक्रमसँगै बजेट पारित गरिने उनको भनाइ छ । त्यस्तै ७४ हजार ९०० ग्रेजुएट हुने विद्यार्थीको ग्रेस लिष्ट पास समेत गरिने बताए । मङ्सिरमा यो वर्षको दीक्षान्त समारोह हुनेछ । त्यसका लागि ग्रेजुएट भएका विद्यार्थीहरूको ग्रेस लिष्ट पास गरिने उनको भनाई छ ।

बर्खे अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पारित गर्ने परम्परा रहेको उनको भनाइ छ । महत्त्वपूर्ण निर्णयहरू हिउँदे अधिवेशनबाट मात्रै पारित गर्ने त्रिविको परम्परा रहेको बताउँदै यो अधिवेशनमा महत्त्वपूर्ण निर्णयहरू नगरिने बताए ।

सिनेटमा प्रतिनिधित्व गर्ने त्रिवि स्ववियुले भने बहिष्कार गर्ने भएको छ । स्ववियु सभापति श्यामराज ओझाले सिनेटमा प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले बहिष्कार गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस