२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

अ+ अ-

काठमाडौँ । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत रोपाइँ मात्र भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाइँ भएको थियो ।

सबभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाइँ भएको थियो ।

सबभन्दा ढिलो रोपाइँ हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ५२ हजार ४४३ हेक्टर अर्थात् ९२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ, जब गत वर्ष यतिबेला त्यहाँ ५८.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।

त्यस्तै बागमती प्रदेशमा एक लाख १२ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये ९०.८ प्रतिशतमा रोपाइँ सकिएको छ । गण्डकी प्रदेशको ९६ हजार ५३ हेक्टर क्षेत्रफलको ९१.९ प्रतिशतमा रोपाइँ सकिसकेको छ ।

लुम्बिनी प्रदेशमा तीन लाख ११ हजार ६४३ हेक्टरमा त्यहाँ रोपाइँ हुन्छ । त्यसमध्ये ९१.३ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको ४१ हजार ९०४ हेक्टर जमिनमध्ये ९६.९ प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ ।

यसपालि समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण समयमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस