२ दिन सर्‍यो एकीकृत समाजवादीको बैठक, केन्द्रीय सदस्य छान्न सकस « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

२ दिन सर्‍यो एकीकृत समाजवादीको बैठक, केन्द्रीय सदस्य छान्न सकस


१४ श्रावण २०८१, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै आजको लागि बोलाइएको बैठक सारेको छ ।

आज बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठकको तयारी नपुगेको भन्दै सारिएको उनको भनाइ छ ।

हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले तयार पारेको मापदण्ड अनुसार केन्द्रीय सदस्य छान्न नसकेपछि बैठक सारिएको बुझिएको छ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस