२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसा न्यूनीकरण गर्न संयन्त्र निर्माण

अ+ अ-

टीकापुर (कैलाली) । जिल्लाको टीकापुर नगरपालिकाका हिंसापीडित महिला तथा बालबालिकाका लागि सेवाहरूको नक्साङ्कन र सिफारिस संयन्त्र निर्माण गरिएको छ । संयन्त्रमा लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा टीकापुरमा काम गरिरहेका सङ्घसंस्था, देशव्यापी काम गरिरहेका संयन्त्र, प्रदेश तथा जिल्लाभित्रका सरकारी निकाय तथा सञ्जालहरूको विवरण तयार गरिएको हो ।

संयन्त्रमा हिंसामा परेका महिला तथा बालबालिकाको उपचार, परामर्श, न्यायिक पक्रियाका लागि सिफारिस गर्ने ठाउँको विवरण, सम्पर्क नम्बरलगायत कुरा समावेश गरिएका छन् । टीकापुर नगरपालिकाले हिंसा न्यूनीकरणमा काम गरिरहेका सेवा प्रदायकको नक्साङ्कन गर्दा १४सङ्घसंस्था रहेका महिला बालबालिका शाखा प्रमुख सङ्गीता शाहले बताए । “सेवा प्रदायकको सबै विवरणसहित नक्साङ्कन गर्दा काम गर्न सहज हुन्छ । हिंसापीडितलाई छिटो न्याय दिन सहज होस् भनी सङ्घसंस्थाको नक्साङ्कन र सिफारिस संयन्त्र निर्माण गरेका हौँ”, उनले भने, “संयन्त्र बनेकाले अब आउँदा दिनमा यहाँ काम गर्न चाहने सङ्घसंस्थालाई पनि सहज हुन्छ ।”

पालिकालाई अब हिंसा न्यूनीकरण तथा न्यायिक क्षेत्रमा काम गर्न सङ्घसंस्था खोज्ने, व्यक्ति खोज्ने झन्झट अन्त्य हुनेछ । नगरपालिकामा सेवा प्रदायक सङ्घसंस्थाको नक्साङ्कन भएमा सेवा लिनेलाई र पालिकालाई पनि हिंसा न्यूनीकरणमा काम गर्न सहज हुने वडा नं ४ का वडाध्यक्ष तथा  सामाजिक विकास समितिका संयोजक लालवीर चौधरीले बताए । 

‘लैङ्गिक हिंसा प्रभावितका लागि काम गर्न सहज हुन्छ । सेवा लिनेलाई कुन संस्थाले के सेवा दिन्छ भन्ने जानकारी हुन्छ’, उनले भने, ‘पालिकालाई पनि हिंसापीडित आएमा कहाँ प्रेषण गर्ने, कसरी सघाउने भन्ने थाहा हुन्छ ।’

सुदूरपश्चिम प्रदेशका महिला बालबालिका शाखा प्रमुख जयन्ती गिरीले संयन्त्रमा सङ्घसंस्था तथा जिल्लाभित्रका सरकारी निकाय तथा सञ्जालको विवरण, खट्ने व्यक्तिको विवरण राखिने भएकाले हरेक वर्ष अद्यावधिक गर्नुपर्ने बताए। ‘लैङ्गिक हिंसा न्यूनीकरण समस्या बनिरहेको छ’, उनले भने, ‘यसलाई गम्भीर सोचेर काम गर्नुपर्छ । यसरी संयन्त्र बनाउँदा सरोकारवालालाई सक्रिय बनाउन सघाउँछ ।”

प्रतिक्रिया दिनुहोस