मनिला जाँदै उपेन्द्र यादव  « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मनिला जाँदै उपेन्द्र यादव 


१३ श्रावण २०८१, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव आज फिलिपिन्सको मनिला प्रस्थान गर्दै छन् । 

एशियाली प्रजातान्त्रिक पार्टीहरूको सङ्गठन (सोकडेम एसिया प्यासिफिक)को यही जुलाई २९ तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

मलेसिया एयरलाइन्सको विमानबाट आज राति ११ः३० बजे मनिला जान लाग्नुभएका अध्यक्ष यादवसँगै जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् ।

अध्यक्ष यादवले जुलाई ३१ मा प्रोग्रेसिभ अलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । जुलाई ३० का दिन विदेश विभाग प्रमुख अर्जुन थापाले समेत सम्बोधन गर्ने छन् ।

सम्मेलनमा एसियाको ४१ देशमा प्रतिनिधि नेताहरू सहभागी हुँदैछन् । जुलाई २९ मा उद्घाटन हुने उक्त सम्मेलन तीन दिनसम्म चल्नेछ ।  त्यस अवसरमा अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटिजन एक्सन पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी हुने कार्यक्रम छ । 

जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटिको सदस्य हो । अध्यक्ष यादव यही साउन १७ गते स्वदेश फर्कने कार्यक्रम  छ ।

Tags :
प्रतिक्रिया दिनुहोस