२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिराले क्षतिग्रस्त अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

अ+ अ-

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका-५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो । 

गत असार २८ गतेको पहिराले अस्पताल भवनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति पुगेका कारण अति आवश्यक आधारभूत सेवा मात्र प्रवाह भइरहेको नगरप्रमुख त्रिपाठीले बताए । 

यहाँ एक पालिका एक आधारभूत अस्पताल निर्माण तथा सञ्चालनअन्तर्गत आधारभूत अस्पताल भवन अन्तिम चरणमा रहेको छ भने हाल पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । 

नगरप्रमुख त्रिपाठीका अनुसार अस्पतालमा थप शय्या, २० रक्तचाप परीक्षण उपकरण, पाँच ओटोस्कोप, पाँच प्रसूति सेट, चार नेबुलाइजरलगायत सामग्री आवश्यक भएकाले मन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको छ ।