२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिशु बेचबिखन मुद्दामा सिबिआईद्वारा ९ जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

नयाँदिल्ली । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले नवजात शिशुहरूको बेचबिखन र खरिदको कथित मुद्दामा आरोपित नौ जनाविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ ।

अदालतले सबै आरोपितविरुद्ध कसुरको संज्ञान लिएको छ । अभियोग पत्रमा परेका आठ आरोपितलाई यसअघि सिबिआईले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको थियो ।

सिबिआईले यस वर्ष अप्रिल ५ मा आइपिसीका विभिन्न दण्डात्मक प्रावधान र बाल न्याय(बालबालिकाको हेरचाह र संरक्षण) ऐन २०१५ अन्तर्गत बच्चाहरूको बेचबिखन र खरिदमा संलग्न आरोपितहरूको नेटवर्कविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको थियो । 

अनुसन्धानका क्रममा हालसम्म पाँच नवजात शिशुको पनि उद्धार गरिएको छ ।

आरोपितहरू फेसबुक पृष्ठ र ह्वाट्सएप समूहजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा विज्ञापनमार्फत शिशु ग्रहण गर्न चाहने भारतभरका सन्तान नभएका दम्पतीहरूसँग जोडिएको अनुसन्धानले पत्ता लगाएको छ ।

उनीहरूले धोका दिएर र प्रलोभनमा पारेर आर्थिक रूपमा विपन्न अभिभावकहरूबाट शिशुहरू किनेका थिए । त्यसपछि उनीहरूले प्रतिशिशु चारदेखि छ लाख (भारतीय रुपैयाँ) सम्मको मूल्यमा खाँचोमा परेका दम्पतीलाई जन्म तथा धर्मपुत्रसम्बन्धी नक्कली कागजात बनाएर ठगी गर्ने र जैविक अभिभावकको नक्कलसमेत गरेका थिए ।

उपरोक्त निष्कर्ष सिबिआईले गरेको अनुसन्धान र त्यसले सङ्कलन गरेको प्रमाणका आधारमा भएको हो भन्ने जनतालाई स्मरण गराइएको छ । भारतीय कानूनअन्तर्गत निष्पक्ष सुनवाइपछि दोषी प्रमाणित नभएसम्म आरोपितहरूलाई निर्दोष मानिन्छ ।

Hi, ममिता थामी

प्रतिक्रिया दिनुहोस