२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन 

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य रहेको बताएका छन् । 

विद्युत् विकास विभागले आज आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई आर्थिक रूपमा सबल बनाउन ऊर्जा क्षेत्रको विकास आवश्यक रहेको बताए।

“हामी खाद्यान्नका लागि आत्मनिर्भर हुनुपर्नेछ, त्यसका लागि पर्याप्त सिँचाइ पुर्‍याउनुपर्ने छ, जनताको प्रतिव्यक्ति आय बढाउनका लागि ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेछ, यो दुवै जिम्मेवारी हाम्रो मन्त्रालयअन्तर्गत रहेको छ, उक्त दुवै आवश्यकतालाई पूरा गर्ने गरी कर्मचारी लाग्नुपर्छ”, मन्त्री खड्काले भने । उनले ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

मन्त्री खड्काले राजनीतिक अस्थिरताका लागि विकास निर्माणले गति लिन नसकिरहेका बेला दुई ठूला राजनीतिक दलले सरकार बनाएकाले अब अल्झिएर बस्ने छुट राजनीतिक नेतृत्व र कर्मचारीलाई नभएको प्रष्ट पारे । उनले भने, “मुलुक कसैले आएर बनाउने वाला छैन, तपाईँ हामीले नै बनाउने हो, यसका लागि कर्मचारी जिम्मेवार भएर काम गर्नुहोस् ।”

ऊर्जामन्त्री खड्काले भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । “ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक पर्ने ऐन, कानुन, नीति, नियमावलीले कतै संशोधन गर्नुपर्ने भए मन्त्रालयले पहल गर्छ, तपाईँहरू निर्भीक ढङ्गले यसको विकासका लागि दिनरात नभनी लाग्नुहोस्”, मन्त्री खड्काले भने । युवापुस्तामा देखिएको निराशा चिर्नका लागि कर्मचारी इमानदारीपूर्वक लाग्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री खड्काले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने भनिरहँदा यहाँ उत्पादन बढाउन नसकिने हो कि भन्ने चिन्ता उत्पन्न भएको बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा क्षेत्रको विकासमा विद्युत् विकास विभागको महत्त्वपूर्ण भूमिका रहेकाले उत्कृष्ट कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिइन् ।

विभागका महानिर्देशक जीवछ मण्डलले विभागले विद्युत् आयोजनाको सम्भाव्यता अध्ययन, विकास र प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको बताए । उनले १०० मेगावाटभन्दा साना आयोजनाको काम विभागबाट र सोभन्दा ठूला आयोजनालाई मन्त्रालयमा सिफारिस गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस