काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति दुःख व्यक्त गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
बुधबार बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई सीआरजे-७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र पाइलट घाइते भएका छन् उनको उपचार भइरहेको छ ।