२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ हजार ७६४ जना फरार अभियुक्त पक्राउ

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा १४ हजार ७६४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सबैभन्दा बढी मधेश प्रदेशका छन् । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार मधेशमा पक्राउ पर्ने मात्रै ५ हजार १० जना छन् । यो जम्मा समातिएका आरोपीको ३३.९३ प्रतिशत हो ।

मधेशपछि सबैभन्दा बढी कोशीमा २ हजार २७८, लुम्बिनीमा २ हजार १०५, बागमतीमा १ हजार ६५६, उपत्यकामा १ हजार ५४६, गण्डकीमा १ हजार १७६, सुदूरपश्चिममा ६१९ र कर्णालीमा ३७४ जना पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा फरार रहेकाको खोजीसँगै फैसला कार्यान्वयनका लागि प्रहरीले प्राथमिकतामा दिँदै आएको कार्की बताउँछन् । त्यही अन्तर्गत फरार आरोपीलाई पक्राउ गर्ने गरिएको उनले बताए ।

यस्तै आर्थिक वर्ष ०८०/८१ मा मात्रै प्रहरीका विभिन्न युनिटबाट ५९ हजार २०३ वटा मुद्दा दर्ता भएका छन् । यसआधारमा प्रतिदिन १६२ वटा मुद्दा दर्ता हुने गरेको देखिन्छ ।

सबैभन्दा बढी मुद्दा दर्ता बैंकिङ कसुरको छ । एक वर्षमा बैंकिङ कसुरको १३ हजार २६३, सार्वजनिक अपराधको १० हजार ७५६, आत्महत्याको ७ हजार १९४ र लागुऔषधको ४ हजार ४९८ मुद्दा दर्ता भएका छन् ।

चोरीका ३ हजार ७५८, जबरजस्ती करणीका २ हजार ५०७, ठगी र आपराधिक लाभका १ हजार ८७४, सवारी ज्यानका १ हजार ७७५ र ज्यान मार्ने उद्योगका १ हजार १९ वटा मुद्दा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक २०७९/८० मा ५६ हजार ३२३ मुद्दा दर्ता भएको थियो । त्यसआधारमा २०८०/८१ मा ५.११ प्रतिशतले मुद्दा दर्ता संख्या बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस