१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली प्रधानमन्त्री बन्दा खुसी छु, तर विश्वासको मत दिन सक्दैनौँ : राजेन्द्र लिङ्देन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको तर विश्वासको मत भने नदिने बताएका छन् ।

विगतमा एमालेसँग दुईवटा चुनावमा सहकार्य गरेको भन्दै लिङ्देनले आफूहरूले भोट दिएका व्यक्ति प्रधानमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे ।

‘केपी शर्मा ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा प्रतिपक्षी दलमध्ये म बेसी खुसी छु, किनभने दुई दुई पटक मेरो पार्टीले उहाँलाई मत दिएको छ, मैले पनि मत दिएको छु’, उनले भने ।

गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।

‘अन्य राजनीतिक दलसँग पनि सम्बन्ध राम्रै छ र एमालेसँग विशेष सम्बन्ध छ । एमालेले नेतृत्व गरेको सरकार बन्दा उहाँ प्रधानमन्त्री अर्थमन्त्रीजी पनि हामीसँग तालमेल गरेको व्यक्ति हुनुभएको छ । त्यसकारण हामी खुशी छौँ’, उनले भने ।

तर नयाँ गठबन्धन बनेपछि एमाले महासचिव शंकर पोखरेलले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताले आफूहरू झस्किएको लिङ्देनले बताए ।

‘यो गठबन्धनले समानुपातिक समावेशी समाप्त पार्ने जस्तो कुरा गर्नुभयो, त्यो नगरे स्थिरता हुँदैन भन्नुभयो’, उनले भने, ‘काँग्रेस एमाले मात्र भएको देश कस्तो हुन्छ होला ?’

२०६२र६३ को जनआन्दोलनको मुख्य उपलब्धि समानुपातिक समावेशी रहेको भन्दै लिङ्देनले प्रमुख दुई दलले यसलाई समाप्त पार्ने खतरा रहेको बताए । ‘त्यसकारण यो खतराबाट देशलाई जोगाउन राप्रपा प्रतिपक्षी कित्तामा बस्नुपर्ने जरुरी देखियो’, उनले भने, ‘स्थिरता नहुनुमा समावेशी समानुपातिक र साना दल होइन, तपाई ठूला दलको क्रियाकलाप हो ।’

संसदीय अंकगणितले मात्र स्थिरता नदिने भन्दै लिङ्देनले दुई ठूला कम्युनिस्ट पार्टी मिल्दा पनि ५ वर्षसम्म सरकार चल्न नसकेको उदाहरण दिए । उनले भने, ‘समस्या साना दल होइन, तपाईँहरूको चरित्र हो, प्रवृत्ति हो ।’

अहिले काँग्रेस र एमाले सत्ताका लागि मात्र मिलेको भन्दै उनले देशका लागि मिलेको भए माओवादी र राप्रपालाई पनि सँगै आउने वातावरण बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस