२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

अ+ अ-

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये दुई सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फर्छ्यौट भएको जानकारी दिए । बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

यसैगरी गत आवमा अनुचित  लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार एक सय ४५ वटा निवेदन दर्ता भएकामा छ सय दुई वटा मुद्दा फर्छ्यौट भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । यसक्रममा २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र रु २४ करोड ५९ लाखभन्दा बढी रकम रकम असुल गराइएको  थियो ।

सोही अवधिमा आठ सय ७९ फरार प्रतिवादी पक्राउ गर्न सफल भइएको तिवारीले बताए । साथै भन्सार चोरी–निकासीबाट रु नौ करोड ५६ लाख तीन हजारभन्दा बढी रकम राजस्व सङ्कलन गरिएको, ठूलो मात्रामा लागुऔषध जफत, जनकपुरको विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटिभी जडान तथा ६२ वटा मर्मत गराइएको कार्यालयले जनाएको छ । 

गत आवमा एक हजार ९० वटा सवारी दुर्घटना, ७३ जनाको मृत्यु, चार सय पाँच जना गम्भीर घाइते तथा एक हजार तीन सय २० जना सामान्य घाइते भएका प्राप्त विवरणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस