२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्धार

अ+ अ-

कालीकोट । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर शनिबार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो ।

शनिबार बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पतालमा सर्प दंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

‘हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो’, उनले भने, ‘जिल्लामा सर्प दंशको उपचार नुहँदा समस्या भएको छ ।’

वर्षमा चार जनासम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिए । ‘जिल्लामा हामीलाई सर्पदंश उपचार सेवा दर्ता छैन, अनुमति पनि दिएको छैन, अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौँ’, उनले भने, ‘सबै विषालु सर्पको विषविरुद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामीसँग उपलब्ध छैन ।’

जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकाहरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस