२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी : माओवादी

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक स्थिरता चाहेको भए यसका लागि तयार भएर संविधान संशोधनको पहल लिन सक्ने उनको सुझाव छ । अन्यथा संविधानको संशोधनको बहस व्यर्थ हुने उनको भनाइ छ ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी सहमतिको पहल लिन आग्रह गरे ।

‘उत्पीडित वर्गको उन्नति र समुन्नति आत्मबाटै चाहेको हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा सहमति खोजियोस् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेश प्रमुखको लागि सहमति खोजियोस् ।’

संघीय संसद्का दुई ठूला दल काँग्रेस र एमाले बीचमा संविधानमा आवश्यक पुनरावलोकन गर्ने समझदारीसहित नयाँ सरकार बनेको छ । यस सन्दर्भमा माओवादी सांसद विश्वकर्माले असल नियतका साथ संविधान संशोधन गर्न खोजिए आफूहरूको सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहोस