२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरक्षणको विरोधमा बंगलादेश बन्द

अ+ अ-

काठमाडौँ । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन । आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सञ्चालन हुन दिएका छन् ।

विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका छन् । बुधबार बेलुकी पनि राजधानी ढाकामा प्रदर्शन भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले जनाएको छ ।

स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ ।

सन् १९७१ को मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी नोकरीमा आरक्षण दिइएको विरोधमा प्रदर्शन हुँदै आएको छ । एक हप्ता अगाडि सर्वोच्च अदालतले सरकारी नोकरीमा आरक्षणको व्यवस्थामा रोक लगाइदिएको थियो । तर प्रधानमन्त्री शेख हसिनाले त्यसलाई कार्यान्वयन हुन नदिएको आरोप छ ।

बंगलादेशमा पाकिस्तानविरुद्ध १९७१ को युद्ध लडेकाहरुलाई युद्धका नायक भन्ने गरिन्छ । ती युद्ध नायकहरुका छोराछोरीहरूलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था छ । साथै पिछडिएको क्षेत्र र महिलालाई १०/१० प्रतिशत कोटा छुट्याइएको छ । यसैगरी अल्पसङ्ख्यकलाई ५ र विकलाङ्गलाई १ प्रतिशत आरक्षणको व्यवस्था छ ।

अहिले प्रदर्शनमा उत्रिएकाहरूले यही आरक्षणको व्यवस्था खारेज हुनुपर्ने लगायतका माग अघि सारेका छन् । आरक्षणको खारेज गरी मेरिटका आधारमा नोकरी पाउनुपर्ने उनीहरूको माग छ ।

यसैबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रको नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई न्याय दिलाउने बताएकी छन् । साथै उनले प्रदर्शनमा ६ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न न्यायिक जाँच आयोग गठन गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस