२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकाले एकै पटक गर्‍यो कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले कर्मचारी, शिक्षक र नगर प्रहरीसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.सहित एकै पटक पालिकाका कर्मचारी, शिक्षक र नगर प्रहरीसँग कार्यसम्पादन करार सम्झौता गरेको हो । सुरुमा नगर प्रमुख प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बि.सी.बीच पहिलो कार्यसम्पादन करार सम्झौता भएको थियो । 

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा नियमावली २०६५, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ तथा संघीय र प्रदेश सरकारद्वारा विभिन्न समयमा जारी निर्देशनहरूको अधीनमा रही कार्य सम्पादन गर्ने गरी नगर प्रमुख अधिकारीसँग प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले कार्यसम्पादन सम्झौता गरेका हुन् । नगरपालिकाको सभा हलमा मंगलबार भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले शाखा प्रमुख र आफू मातहतका कार्यचारीहरुसँग कार्यसम्पादन करार सम्झौता गरे । यसै गरी शाखा प्रमुखहरूले आ–आफ्नो मातहतका  कर्मचारीहरूसँग करार सम्झौता गरेका थिए । 

टोखा नगरपालिकाकामा कर्मचारी, शिक्षक र नगर प्रहरी गरी चार सय ३४ जना रहेका छन् । सामुदायिक विद्यालयका शिक्षकबाहेक अन्यसँग मंगलबार नै कार्यसम्पादन करार सम्झौता गरिएको छ । शिक्षकहरूसँग पनि छिट्टै कार्यसम्पादन सम्झौता हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर प्रमुख अधिकारीले कार्यसम्पादन सम्झौता स्थानीय तहको विकासका लागि महत्त्वपूर्ण रहेको बताए । कर्मचारीहरूले करार सम्झौतामा उल्लेखित सर्तहरू अक्षरस पालना गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । सेवाग्राहीलाई मुस्कानसहितको चुस्त र छिटो छरितो सेवा दिन आग्रह गर्दै उनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गरिने बताए । 

कार्यालय समयमा कोही पनि कर्मचारी आफ्नो कार्यालयमा नरहेको भेटिए वा पाइएमा कडा कारबाही गरिने चेतावनी दिँदै उनले त्यसको निगरानी तथा उचित नीति बनाउन नगरपालिकाको सुशासन तथा संस्थागत विकास समितिलाई निर्देशन दिए । 

कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङले दुई वर्षको अवधिमा पहिलो पटक एकै पटक सबै कर्मचारीहरूसँग प्रत्यक्ष रूपमा भेटघाट हुन पाएको बताउँदै नगरले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रमहरू सफल पार्न आ–आफ्नो तर्फबाट जिम्मेवार भएर लाग्न आग्रह गरे । 

प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले सुशासन प्रवर्द्धन गर्न, कर्मचारीहरूलाई संस्थागत जिम्मेवारीको बोध गराउन, सही रूपमा कार्य सम्पादन गर्न र सेवाग्राहीलाई चुस्त झन्झट रहित सेवा प्रवाह गर्नका लागि कार्यसम्पादन करार सम्झौता प्रभावकारी हुने बताए । ‘कर्मचारीलाई जिम्मेवार बनाउनका लागि, कामप्रति उत्तरदायी बनाउनका लागि र छिटो छरितो सेवा प्रवाह गर्नका लागि कार्यसम्पादन करार गर्ने गरिन्छ,’ उनले भने, ‘त्यही उद्देश्य अनुरूप कार्यसम्पादन करार सम्झौता गरिएको हो । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत, कार्यसम्पादन अनुसार काम नगर्ने कर्मचारीहरूलाई दण्डित गर्न र कर्मचारीहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्न यसले मद्दत गर्दछ ।’

आफूले नै पालिकामा पहिलो पटक गत वर्ष कार्यसम्पादन करार सम्झौताको सुरुवात गरेको उनको भनाइ छ । उनका अनुसार यस पटक वृहत् रूपमा सबै कर्मचारीहरूसँग एकै पटक कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस