काठमाडौँ । पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये मंगलबार साँझसम्म ९ जनाको सनाखत भएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ६ पुरुष र २ महिला गरी ८ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ५ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् ।