काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् ।
सोमबार बालकोट निवासबाट शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओली त्यसपछि सहिद स्मारक गएका थिए । फर्केर एमाले कार्यालय च्यासल गए ।
सिंहदरवारमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् बैठक राखे । साँझ उनी बालुवाटार निवास पुगेका हुन् ।