काठमाडौँ महानगरद्वारा वर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँ महानगरद्वारा वर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना


२८ असार २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएपछि कारबाही गरिएको हो । 

महानगरपालिकाको आफ्नै भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ । निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने,‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारबाही गरिएको हो ।  विक्री हुँदै आएको चमेना गृह पटक पटकको खवरदारीपछि पनि गुणस्तरमा सुधार नगरेपछि चमेना गृहलाई कारबाही गरिएको कृषि तथा पशुपन्छी विभागले जानकारी दिएको छ । 

भएको महसुस गरेपछि वर्गर हाउसलाई यो विषयमा जानकारी गराए । महानगरपालिकाका खाद्य प्राविधिक अनिल बस्नेत घटनाका बारेमा जानकारी दिँदै भन्छन्, ‘दोस्रो पटक पठाइएको अचार पनि गनाएकाले उपभोक्ताले महानगर प्रहरी बलमा उजुरी गर्नुभएको थियो ।’ 

उजुरीको छानविनका लागि कार्यालयमा वोलाइएका वर्गर हाउसका सञ्चालक विक्रम गिरीले मः मः को अचारमा गन्ध आएको स्वीकार गर्दै भने, ‘तयार पार्ने बित्तिकै फ्रिजमा राख्नु पर्ने अचार भुलवश बाहिर रहन गएकोले गन्ध आएको हो । यसमा कर्मचारीको लापर्वाही भएको हो । खानाको स्वच्छतामा लापर्वाही गर्ने कर्मचारीलाई हामीले पनि कारबाही गरिसकेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस