२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक विपत्तिमा परेकाको खोज, उद्धार शीघ्र गर्न सांसदको आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशभर वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपत्तिका घटना बढिरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरूले मुग्लिङ–नारायणगढ सडक खण्डमा आज बिहान गएको पहिरोमा परी दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता हुँदा हराइरहेका ६५ जना यात्रुको शीघ्र खोज, उद्धार गर्न आग्रह गरे ।

सांसद शंकर भण्डारीले प्राकृतिक विपत्तिको सामान गरिरहेका नागरिकको उद्धार, राहत र क्षतिपूर्तिको कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । उनले अहिलेको परिस्थितिमा सिंगो सदन एकजुट भएर मुलुकसामु आइपरेको सङ्कट समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।

सांसद दामोदर पौडेल ‘वैरागी’ ले देशभर बाढी, पहिरो चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको भन्दै पीडितको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । उनले पोखरा महानगर–१९ स्थित तल्लाकोटमा पहिरामा परी एकै परिवारका सात जनाको दुःखद् निधन भएको, दुईजना घाइतेको उपचार भइरहेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

मुलुकका अन्य स्थानमा पनि प्राकृतिक विपत्तिका घटना बढिरहेका जनाउँदै सांसद पौडेलले उद्धार र राहतमा समस्या भइरहेकाले तत्काल व्यवस्थापकीय कार्य मिलाउन आग्रह गरे ।

सांसद जीवन परियारले त्रिशूली नदीमा बस बेपत्ता भएको घटनामा दुःख व्यक्त गर्दै शीघ्र खोज र उद्धार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुर गैरेले सरकारले विपद् जोखिमको लागि तयारी गरेको भए पनि उक्त तयारी पर्याप्त नदेखिएको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभर प्राकृतिक विपत्तिमा परेका नागरिकको यकिन विवरणसहित उनीहरुको उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन माग गरे । सांसद ज्ञानु बस्नेत सुवेदीले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका नागरिकको उद्धार गर्न माग गरे । उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आग्रह गरे ।

सांसद प्रभु साहले मुलुक प्रकृतिक विपत्तिका घटनाबाट आक्रान्त रहेको भन्दै अहिलेको परिस्थितिमा उद्धार र राहतलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रामनाथ अधिकारीले मुलुकका विभिन्न स्थानमा बाढी पहिरोजन्य घटनाले जनजीवन प्रभावित बनेको भन्दै खोज, उद्धार र राहतका कार्यलाई चुस्त बनाउन माग गरे ।

सांसद मनबहादुर गुरुङले बाढी, पहिरोलगायत विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे । सांसद प्रदीप यादव र सांसद देवप्रकाश तिमल्सिनाले त्रिशूली घटनामा बेपत्ता नागरिकको यथाशीघ्र खोजी गरी उद्धार प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा अमरेशकुमार सिंहले उद्धार र राहतको कार्यलाई शीघ्र रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । सांसदहरू तारा लामा तामाङ, रामप्रकाश चौधरी, अच्युतप्रसाद मैनाली, प्रभु हजारा र किरणकुमार साहले देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्तिका घटनाको ध्यानाकर्षण गराउँदै खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस