१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहे गर्न वडाको सिफारिस अनिवार्य

अ+ अ-

काठमाडौँ । दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने, आमा र बच्चाको ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडाले साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य गरेको वडाध्यक्ष लिलाराम लम्सालले प्रशासनलाई जानकारी दिए । वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि अनेकौँ प्रयास गरे पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लम्सालले बताए ।

‘हाम्रो वडामा अधिकांंश दलित र जनजाति समुदाय बस्छन् । धेरैले सानैमा बिहे गर्छन् । बाल विवाह गर्नुहुन्न भनेर कार्यक्रम गर्ने, स्कुलस्कुलमा पुगेर कतिलाई सम्झायौं र पनि भएन’, वडाध्यक्ष लम्साले भने, ‘वडाले नै केही निर्णय गरिदिएपछि कमी होला कि भन्ने हाम्रो लक्ष्य हो ।’

बालविवाह रोक्न चुनौती भएपछि यस्तो व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस