काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक गरेको छ । बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकिएको हो ।
यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । बोर्डले लामो समय देखि एउटै दररेटमा उपलब्ध सेवालाई समयानुकूल परिमार्जन गरिएको बताएको छ ।
परिमार्जित दर रेटमा ओपिडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।