कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण   « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण  


२७ असार २०८१, बिहिबार


म्याग्दी । बाढीले तहसनहस बनाएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।  विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ सार्वजनिक भौकि संरचना र व्यक्तिका ५०  घरमा क्षति पुगेको थियो । 

भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले कागखोलाको बाढी नियन्त्रणका लागि किनारामा पक्की पर्खाल निर्माण गरेको हो । कार्यालयका प्रमुख वरिष्ठ भू–तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले रु ३३ लाख ४० हजारको बजेटमा कागखोलाको किनारमा ५१ मिटर पक्की पर्खाल निर्माण भएको जानकारी दिए ।  

“गण्डकी प्रदेश सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको कागबेनी नदी नियन्त्रण योजनाको प्राविधिक नाप जाँच गर्दा रु एक लाख ६० हजार कम भुक्तानी भएको छ”, उनले भने, “१.८ मिटर फराकिलो जग भएको चार मिटर अग्लो पर्खालको माथिल्लो भाग ५५ सेन्टिमिटर चौडाइको छ ।”

सो पर्खालले कागबेनीको छोप्तेन गुम्बा र बस्तीमा बाढी नियन्त्रणका लागि सहयोग पुगेको उपभोक्ता समितिका अध्यक्ष ख्याम्चो गुरुङले बताए । गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा रु एक करोड बढी आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउने प्रयास गरेका छन् । 

बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको छ । अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ । बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छन् । नदी नियन्त्रणका लागि थप पक्की पर्खाल निर्माण गर्न आवश्यक रहेको, प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस