मधेश प्रदेश माओवादी संसदीय दलको नेता हटाउन प्रस्ताव दर्ता « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मधेश प्रदेश माओवादी संसदीय दलको नेता हटाउन प्रस्ताव दर्ता


२५ असार २०८१, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका बहुमत सांसदले मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले हस्ताक्षर गरी सो प्रस्ताव दर्ता गराएका हुन् । यसरी प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरू जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।

दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि दलको विश्वास छैन भनी लिखित रूपमा प्रस्ताव दर्ता गराउन सकिने संसदीय दलको विधानमा उल्लेख छ । सोही अनुसार प्रक्रिया अगाडि बढेको

असन्तुष्ट पक्षले दलका नेता साहमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् । हस्ताक्षरकर्तामध्येका एक जना सांसदका अनुसार नेता साहले सुरुदेखि नै पार्टीभित्र गुटबन्दी गरेको र अर्थमन्त्री भएपछि व्यापक अनियमितता गरेको आरोप लगाइएको छ । बजेट निर्माण गर्दासमेत पार्टीका कुनै पनि सांसद कुरा नसुनेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस