१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वासको मत नै फेस गर्छु : मुख्यमन्त्री जम्कट्टेल

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने बताएका छन् ।

सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामाको पक्षमा नरहेको र चाँडोभन्दा चाँडो विश्वासको मत लिने बताए । अहिले सरकारमा सहभागी दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग विश्वासको मतको विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

राष्ट्रिय राजनीतिक घटनाक्रमअनुसार आफूहरू चल्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै उनले एमालेसँगको सहकार्यमा आफूलाई सहयोग गर्ने सबै मन्त्रीलाईलाई धन्यवाद समेत दिए ।

११० सांसद रहेको बागमतीमा हाल ७ वटा दल छन् । सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँग ३७ जना सांसद छन् । एमालेका २७ जना छन् । बहुमतका लागि ५६ जना चाहिनेमा काँग्रेस-एमाले मिल्दा ६४ जना पुग्छन् ।

हाल सरकारमा नरहेको राप्रपासँग सभामुखबाहेक १२ सीट छ । नेकपा माओवादी केन्द्रको २० सीट, नेकपा एसको ७, हाम्रो नेपाली पार्टीको २ जना छन् । माओवादी सरकारलाई हाल समर्थन संख्या २८ मात्र हुन्छ । हाम्रो नेपाली पार्टीको एकजना सदस्यले जम्कट्टेल सरकारलाई विश्वासको मत दिएको थिएन भने नेमकिपाको ३ जना पनि मौन बसेका थिए ।

यसैबीच, एमाले संसदीय दलका नेता तथा बागमती प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले भने सरकार अल्पमतमा परिसकेकोले दूरगामी असर पार्ने निर्णय नगर्न मुख्यमन्त्री जम्कट्टेललाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस