काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ ।
हिजो (बुधवार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री ‘प्रचण्ड’समक्ष संयुक्त रूपमा राजीनामा बुझाएका छन् । यस सन्दर्भमा नेकपा एमालेका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो १२० दिने कार्यकालका क्रममा भएका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेकी छिन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले आफ्नो कार्यकालमा गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी हुन् । २०८० फागुन २३ गते दोस्रो पटक महिला मन्त्रालयको मन्त्रीमा नियुक्त भएकी चौधरीले बिहीबार आफ्नो कार्यकालमा भएका उपलब्धिहरू सार्वजनिक गरेकी हुन् । यसअघि उनी २०७९ माघ ३ गतेदेखि फागुन १५ गतेसम्म महिला मन्त्री भएकी थिइन् । तर, त्यति बेला उनले ४३ दिन मात्र काम गर्ने मौका पाएकी थिइन् ।
निवर्तमान मन्त्री चौधरीले मन्त्रालय अन्तरगत सञ्चालित नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल बाल संगठन लगायतको सुधारका कार्यलाई महत्वका साथ अगाडि बढाएकी छन् ।
हेर्नुस् चौधरीको कार्यकालमा भएका उपलब्धिहरुः