काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् ।
बिहीवार महाधिवेशन स्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको बताए ।
पार्टीको नेतृत्व सर्वसहमतीमा टुङ्ग्याउने प्रयास भइरहेको पनि उनले बताए । भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडि बढेको बताए ।
उनले आफूहरूले भरसक निर्वाचनमा जान नचाहेको बताए ।