काठमाडौँ । बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँ टेकुस्थित कार्यालयबाट २६ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सर्न लागेको हो ।
भद्रकालीमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि बनिरहेको छ, तर तयार भएको छैन ।
२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।