धरान । धरान उपमहानगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयले परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म उत्कृष्ट नतिजा ल्याउने ३६ छात्र तथा छात्रालाई रु. एक लाख छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टका अनुसार प्रथम हुनेलाई ७५ प्रतिशत, द्वितीय हुनेलाई ६० प्रतिशत र तृतीय हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । उनले भने– “पढाइप्रति आकर्षित गर्न र प्रोत्साहनका लागि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।”